च्याम्पियन्स ट्रफी : आज भारत र न्युजिल्यान्डको भिडन्त प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ए अन्तर्गतको उक्त खेल दिउँसो पौने ३ बजेदेखि यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुवै टोली समूहविजेता बन्ने दाउमा हुनेछन्।आजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ। सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसकेपनि प्रतिद्वन्द्वीहरूको भने टुंगो लागेको छैन।
आजको खेलमा भारत विजयी भएमा समूहविजेताको रूपमा सेमिफाइनल खेल्ने छ। त्यस्तो हुँदा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ। न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ।
न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिकासँग हुँदा न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ। भारत संलग्न हुने खेल पहिलो सेमिफाइनलको रूपमा दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ। यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि यिनै चार टोलीहरू सेमिफाइनल पुगेका थिए।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












