अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा ४८.१ ओभरमा पूरा गर्यो भारतका लागि विराट कोहलीले ९८ बल खेलेर ५ चौका प्रहार गर्दै सर्वाधिक ८४ रन जोडे । त्यसअघि कप्तान तथा ओपनर रोहित शर्माले २८ रन, अर्का ओपनिङ ब्याटर शुभमन गिल ८ रनमा आउट भए।
श्रेयस अय्यर ४५ रन र अक्षर पटेल २७ रनमा आउट भए। केएल राहुलले नटआउट ४२ रन बनाउँदा हार्दिक पाण्ड्या २४ बलमा २८ रन जोडेर आउट भए। बलिङमा अस्ट्रेलियाका नाथान इल्स र एडम जाम्पाले २–२ विकेट लिए।
मंगलबार दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा २६४ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ९६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ७३ रन बनाए। एलेक्सा क्यारीले रनआउट हुनुअघि ५७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६१ रनको योगदान गरे।
ओपनर ट्राभिस हेडले ३९ रन बनाउँदा उनका ओपनिङ पार्टनर कूपर कनोली शून्यमा आउट भए। मार्नस लबुसेन ११ रन र ग्लेन म्याक्सवेल ७ रन मात्र जोड्न सके। बलिङमा भारतका मोहमद शामीले ३ विकेट लिए। बरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २–२ विकेट हात पार्दा हार्दिक पाण्ड्या र अक्षर पटेलले १–१ विकेट आफ्नो नाममा लेखाए।
उपाधिका लागि भारतले दक्षिण अफ्रिका वा न्यूजिल्यान्डमध्ये एक टोलीसँग आइतबार दुबईमा नै प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका र न्यूजिल्यान्ड बुधबार पाकिस्तानको लाहोरमा हुने दोस्रो सेमिफाइनलमा भिड्दै छन।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











