अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा ४८.१ ओभरमा पूरा गर्यो भारतका लागि विराट कोहलीले ९८ बल खेलेर ५ चौका प्रहार गर्दै सर्वाधिक ८४ रन जोडे । त्यसअघि कप्तान तथा ओपनर रोहित शर्माले २८ रन, अर्का ओपनिङ ब्याटर शुभमन गिल ८ रनमा आउट भए।
श्रेयस अय्यर ४५ रन र अक्षर पटेल २७ रनमा आउट भए। केएल राहुलले नटआउट ४२ रन बनाउँदा हार्दिक पाण्ड्या २४ बलमा २८ रन जोडेर आउट भए। बलिङमा अस्ट्रेलियाका नाथान इल्स र एडम जाम्पाले २–२ विकेट लिए।
मंगलबार दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा २६४ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ९६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ७३ रन बनाए। एलेक्सा क्यारीले रनआउट हुनुअघि ५७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६१ रनको योगदान गरे।
ओपनर ट्राभिस हेडले ३९ रन बनाउँदा उनका ओपनिङ पार्टनर कूपर कनोली शून्यमा आउट भए। मार्नस लबुसेन ११ रन र ग्लेन म्याक्सवेल ७ रन मात्र जोड्न सके। बलिङमा भारतका मोहमद शामीले ३ विकेट लिए। बरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २–२ विकेट हात पार्दा हार्दिक पाण्ड्या र अक्षर पटेलले १–१ विकेट आफ्नो नाममा लेखाए।
उपाधिका लागि भारतले दक्षिण अफ्रिका वा न्यूजिल्यान्डमध्ये एक टोलीसँग आइतबार दुबईमा नै प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका र न्यूजिल्यान्ड बुधबार पाकिस्तानको लाहोरमा हुने दोस्रो सेमिफाइनलमा भिड्दै छन।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












