त्रिवि क्याम्पस कीर्तिपुरमा नेविसंघले ताला खोल्यो, चैत ८ गते स्ववियु निर्वाचन गराउन सहमत
काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोलेको छ ।
प्रिन्सिपल कार्यालय र स्ववियु निर्वाचन समितिसँग भएको सहमतिपछि नेविसंघको असन्तुष्ट पक्षले ताला खोलेको हो । ताला खोलिएसँगै चैत ८ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको सुनिश्चितता भएको छ ।
यसअघि दुई पक्षबिच त्रिवि प्रिन्सिपल कार्यालय र निर्वाचन समितिले आत्मालोचना गर्दै विज्ञप्ति जारी गर्ने निर्णय भएको थियो । प्रिन्सिपल प्राडा अक्कलदेव मिश्र, निर्वाचन समिति संयोजक प्राडा कृष्ण प्रसाद न्यौपाने, नेविसंघ त्रिवि समिति अध्यक्ष विष्णु बडैला, लगायतकाबीचमा भएको सहमतिपछि ताला खोलिएको हो ।
निर्वाचन समितिको तर्फबाट आत्मालोचना सहितको विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको थियो । त्यस्तै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा आचारसंहिताको पूर्ण पालना गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको थियो । सोही अनुसार निर्वाचन समितिले आत्मालोचनासहितको विज्ञप्ति समेत जारी गरेको छ ।
त्यसपछि नेविसंघको असन्तुष्ट पक्षले त्रिवि केन्द्रीय क्याम्पसमा ताला लगाएको थियो । आफ्नो तर्फबाट सिफारिस गरिएका उम्मेदवार अनोज कार्कीको उम्मेदवारी खारेज गरेको भन्दै ताला लगाएको थियो । त्यसपछि नेविसंघ केन्द्रीय अध्यक्षको पत्रअनुसार नेविसंघको दीपकराज जोशीको उम्मेदवारी सदर गरेको थियो ।
तोकिएको मिति चैत ५ गते निर्वाचन गराउन सकिने अवस्था नरहेको भन्दै निर्वाचन समितिले चैत ८ गतेका लागि निर्वाचन मिति सारेको थियो । तर नेविसंघको असन्तुष्ट पक्षको तालाबन्दी यथावत् रहँदा निर्वाचनको सुनिश्चितता हुन सकेको थिएन ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












