त्रिवि क्याम्पस कीर्तिपुरमा नेविसंघले ताला खोल्यो, चैत ८ गते स्ववियु निर्वाचन गराउन सहमत
काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोलेको छ ।
प्रिन्सिपल कार्यालय र स्ववियु निर्वाचन समितिसँग भएको सहमतिपछि नेविसंघको असन्तुष्ट पक्षले ताला खोलेको हो । ताला खोलिएसँगै चैत ८ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको सुनिश्चितता भएको छ ।
यसअघि दुई पक्षबिच त्रिवि प्रिन्सिपल कार्यालय र निर्वाचन समितिले आत्मालोचना गर्दै विज्ञप्ति जारी गर्ने निर्णय भएको थियो । प्रिन्सिपल प्राडा अक्कलदेव मिश्र, निर्वाचन समिति संयोजक प्राडा कृष्ण प्रसाद न्यौपाने, नेविसंघ त्रिवि समिति अध्यक्ष विष्णु बडैला, लगायतकाबीचमा भएको सहमतिपछि ताला खोलिएको हो ।
निर्वाचन समितिको तर्फबाट आत्मालोचना सहितको विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको थियो । त्यस्तै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा आचारसंहिताको पूर्ण पालना गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको थियो । सोही अनुसार निर्वाचन समितिले आत्मालोचनासहितको विज्ञप्ति समेत जारी गरेको छ ।
त्यसपछि नेविसंघको असन्तुष्ट पक्षले त्रिवि केन्द्रीय क्याम्पसमा ताला लगाएको थियो । आफ्नो तर्फबाट सिफारिस गरिएका उम्मेदवार अनोज कार्कीको उम्मेदवारी खारेज गरेको भन्दै ताला लगाएको थियो । त्यसपछि नेविसंघ केन्द्रीय अध्यक्षको पत्रअनुसार नेविसंघको दीपकराज जोशीको उम्मेदवारी सदर गरेको थियो ।
तोकिएको मिति चैत ५ गते निर्वाचन गराउन सकिने अवस्था नरहेको भन्दै निर्वाचन समितिले चैत ८ गतेका लागि निर्वाचन मिति सारेको थियो । तर नेविसंघको असन्तुष्ट पक्षको तालाबन्दी यथावत् रहँदा निर्वाचनको सुनिश्चितता हुन सकेको थिएन ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












