रूसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा क्षेप्यास्त्र आक्रमण
काठमाडौं । रूसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा क्षेप्यास्त्र आक्रमण गरेको छ । साउदी अरबमा अमेरिकाले युक्रेन र रुसका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै वार्ता भइरहँदा रूसले युक्रेनमा आक्रमण गरेको हो । आक्रमणमा कयौँ घाइते भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सुमी रूसको कुस्र्क क्षेत्रसँग सिमाना जोडिएको क्षेत्र हो । सो क्षेत्रको रुसी केही भाग युक्रेनी सेनाले कब्जामा लिएको छ । आक्रमणपछि युक्रेनका विदेश मन्त्री आन्द्रि सिभिहाले शान्तिबारे झुटो बयान दिनुको सट्टा रुसले आक्रमण रोक्नुपर्ने बताएका छन् ।
आधारभूत संरचना माथि आक्रमण नगर्ने सहमतिको उल्लंघन गरेको दुवै पक्षले आरोप लगाउँदै आएका छन् । अमेरिका र रूसबीचको पछिल्लो वार्ता सोमबार साउदी अरबको राजधानी रियादमा भएको समाचारमा उल्लेख छ ।
जसमा युक्रेनलाई ब्ल्याक सीमार्फत् खाद्यान्न निर्यातको अनुमतिबारे कुराकानी भएको छ । सन् २०२२ मा रुस र अमेरिकाबीच सम्झौता भएपनि युद्ध चर्कँदै गएपछि मस्कोले उक्त अनुमति रद्ध गरेको थियो । त्यसको रूसले पश्चिमी प्रतिबन्ध फुकुवाको मागलाई सर्तका रुपमा अघि सार्दै आएको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












