रूसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा क्षेप्यास्त्र आक्रमण
काठमाडौं । रूसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा क्षेप्यास्त्र आक्रमण गरेको छ । साउदी अरबमा अमेरिकाले युक्रेन र रुसका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै वार्ता भइरहँदा रूसले युक्रेनमा आक्रमण गरेको हो । आक्रमणमा कयौँ घाइते भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सुमी रूसको कुस्र्क क्षेत्रसँग सिमाना जोडिएको क्षेत्र हो । सो क्षेत्रको रुसी केही भाग युक्रेनी सेनाले कब्जामा लिएको छ । आक्रमणपछि युक्रेनका विदेश मन्त्री आन्द्रि सिभिहाले शान्तिबारे झुटो बयान दिनुको सट्टा रुसले आक्रमण रोक्नुपर्ने बताएका छन् ।
आधारभूत संरचना माथि आक्रमण नगर्ने सहमतिको उल्लंघन गरेको दुवै पक्षले आरोप लगाउँदै आएका छन् । अमेरिका र रूसबीचको पछिल्लो वार्ता सोमबार साउदी अरबको राजधानी रियादमा भएको समाचारमा उल्लेख छ ।
जसमा युक्रेनलाई ब्ल्याक सीमार्फत् खाद्यान्न निर्यातको अनुमतिबारे कुराकानी भएको छ । सन् २०२२ मा रुस र अमेरिकाबीच सम्झौता भएपनि युद्ध चर्कँदै गएपछि मस्कोले उक्त अनुमति रद्ध गरेको थियो । त्यसको रूसले पश्चिमी प्रतिबन्ध फुकुवाको मागलाई सर्तका रुपमा अघि सार्दै आएको छ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












