प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण टिप्पणी, १०–१५ हजारको जुलुस सामान्य
काठमाडौं । भोलि अर्थात चैत्र–१५ गते, काठमाडौंमा राजतन्त्रवादीहरु र गणतन्त्रवादीहरुले दुई फरक ठाउँमा प्रर्दशन गर्दैछन् ।
त्यही प्रर्दशनका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवारपूर्ण टिप्पणी गरेका छन् । उनले काठमाडौंमा हुने उक्त प्रर्दशनमा १०–१५ हजारको जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो भन्दै संवेदनशिल विषयमा प्रधानमन्त्रीस्तरबाट गैरजिम्मेवार पूर्ण टिप्पणी गरेका हुन् ।
आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै उनले के–के हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने र तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरेका छन्। त्यस्तै यस्ता प्रर्दशन सधै हुने भन्दै उनले वास्ता नगर्न भनेका छन् ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बखास्त गर्ने निर्णयको अहिले सवत्र विरोध भईरहेको छ ।प्रधानमन्त्रीको यो टिप्पणीको अहिले सर्वत्र विरोध भइरहेको छ । सरकारप्रति चरम निराशा, भ्रष्ट्राचार, अनियमितता, बेरोजगारी, महंगी, कालोबजारीबाट प्रताडीत जनताको आक्रोसलाई सामान्य मनेर प्रधानमन्त्रीले गरेको यस्तो टिप्पणी गैरजिम्मेवारपूर्ण ठानिएको छ ।
त्यस्तै यहि मौकामा केही फाईदा उठाउँन सकिन्छ कि भनेर मौकामा चौका हान्न तायार बनेर बसेका राजतन्त्रवादी शक्तिहरु अहिले सलबलाउन थालेका छन्, भने भोलि काठमाडौंमा बृहत प्रर्दशन गर्ने भन्दै तम्सिएका छन् ।
यस्तो अवस्थामा जनतामा उत्साह जगाउने खालका काम गर्नुको साटो झनै उत्तेजित र आक्रोशित पार्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण टिप्पणीले आगोमा मट्टितेल थप्ने काम बाहेक केही नभएको टिप्पणी हुन थालेको छ ।
भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












