जापान योकोसुका सिटीका मेयरसहितको टोली भरतपुरमा
काठमाडौं। जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।
योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई आज महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गरेका हुन् ।
जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई स्वागत गर्दै महानगरप्रमुख रेनु दाहालले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताइन् । दाहालले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख दाहालले सन् २०२३ मार्च ६ देखि १५ सम्म जापान भ्रमण गरेकी थिइन् । सो क्रममा भरतपुर महानगरपालिका र योकोसुका सिटीबीच आपसी हितको उद्देश्यले समझदारी भएको थियो । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा जापानको सहयोगको अपेक्षा गरेको प्रमुख दाहालले बताइन् ।
योकोसुका सिटीका प्रमुख कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताए । जापानमा काम गर्न इच्छुक नेपाली नागरिकको अवस्थाबारे प्रत्यक्ष बुझ्न र जापानी भाषाको पढाइबारे प्रत्यक्ष हेर्न पाएको उनले जानकारी दिए । सो समूहले आज भरतपुर महानगपालिकाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्ने जनाइएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












