जापान योकोसुका सिटीका मेयरसहितको टोली भरतपुरमा
काठमाडौं। जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।
योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई आज महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गरेका हुन् ।
जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई स्वागत गर्दै महानगरप्रमुख रेनु दाहालले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताइन् । दाहालले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख दाहालले सन् २०२३ मार्च ६ देखि १५ सम्म जापान भ्रमण गरेकी थिइन् । सो क्रममा भरतपुर महानगरपालिका र योकोसुका सिटीबीच आपसी हितको उद्देश्यले समझदारी भएको थियो । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा जापानको सहयोगको अपेक्षा गरेको प्रमुख दाहालले बताइन् ।
योकोसुका सिटीका प्रमुख कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताए । जापानमा काम गर्न इच्छुक नेपाली नागरिकको अवस्थाबारे प्रत्यक्ष बुझ्न र जापानी भाषाको पढाइबारे प्रत्यक्ष हेर्न पाएको उनले जानकारी दिए । सो समूहले आज भरतपुर महानगपालिकाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्ने जनाइएको छ ।
Comments
अरु समाचार
-
‘दुई तिहाइको सरकारले जिउँदै छोड्नु नै मेरो जित हो’
काठमाडौं । आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्...
-
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको...
-
सभामुखद्वारा सांसद राणा पक्राउ परेको सदनलाई जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा.धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको...
-
पूर्वराजाले हिंसात्मक गतिविधिका लागि दुर्गा प्रसाईंलाई खटाए ( संवोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाले अवाञ्जित व्यक्तिलाई जनकमाण्डर बनाएर दुर्गा प्रसाईंलाई खटाएको विषयमा आपत्ति जनाएका छन्। सोमबारको बैठकलाई सम्बोधन...
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा...
-
राजावादीको आन्दोलनमा २ युवा मारिँदा पनि निर्मल निवासलाई दुखेन: विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिँसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त नगरेकोमा...
-
दंगा भड्काउने एक वर्षदेखिको प्रयासमा पूर्वराजा मिसिए : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह एक वर्षदेखि सामाजिक सद्भाव भड्काएर समाज बिथोल्ने प्रयासमा मिसिँदा तीनकुने घटना...
-
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ...
-
त्रिवि क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन आज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको...