जलाएर हत्या गरिएका एभिन्यूजकर्मी रजकको स्मृतिमा पुरस्कारको घोषणा
काठमाडौं । राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज खबरकर्मी सुरेश रजकको स्मृति ताजा राख्न एभिन्यूज खबर टेलिभिजनले बिभिन्न निर्णय गरेको छ ।
चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा रजकको जीउँदै जलाएर हत्या गरिएको थियो ।
एभिन्यूजले रजकको स्मृतिमा चुनौतीपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । यो पुरस्कार हरेक वर्ष रजकको स्मृति दिवसका दिन चैत १५ गते प्रदान गरिने एभिन्यूजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने, तत्कालका लागि काजकिरिया खर्च वापत १ लाख रुपैयाँ प्रदान गरिनेछ । संस्थाबाट पाउने सबै पारिश्रमिक रजकको परिवारलाई उपलब्ध गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि उल्लेख गरेको छ । अन्य हकमा एभिन्यूज व्यवस्थापनले आवश्यक निर्णय गर्ने जनाइएको छ ।
एभिन्यूजले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही, मृतक रजकलाई शहीद घोषणा र मृतकका परिवारलाई राहत उपलव्ध गराउन सरकार समक्ष यस अघि नै माग गरिरकेको छ ।
गत शुक्रबार राजवादीको प्रदर्शनका क्रममा आन्दोलन कारीले काठमाडौंको तीनकुनेमा सर्वसाधारणको घरमा आगो लगाएर घरभित्र दृश्य खिचिरहेको अवस्थामा रजकको जलाएर हत्या गरेका थिए ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












