जलाएर हत्या गरिएका एभिन्यूजकर्मी रजकको स्मृतिमा पुरस्कारको घोषणा
काठमाडौं । राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज खबरकर्मी सुरेश रजकको स्मृति ताजा राख्न एभिन्यूज खबर टेलिभिजनले बिभिन्न निर्णय गरेको छ ।
चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा रजकको जीउँदै जलाएर हत्या गरिएको थियो ।
एभिन्यूजले रजकको स्मृतिमा चुनौतीपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । यो पुरस्कार हरेक वर्ष रजकको स्मृति दिवसका दिन चैत १५ गते प्रदान गरिने एभिन्यूजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने, तत्कालका लागि काजकिरिया खर्च वापत १ लाख रुपैयाँ प्रदान गरिनेछ । संस्थाबाट पाउने सबै पारिश्रमिक रजकको परिवारलाई उपलब्ध गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि उल्लेख गरेको छ । अन्य हकमा एभिन्यूज व्यवस्थापनले आवश्यक निर्णय गर्ने जनाइएको छ ।
एभिन्यूजले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही, मृतक रजकलाई शहीद घोषणा र मृतकका परिवारलाई राहत उपलव्ध गराउन सरकार समक्ष यस अघि नै माग गरिरकेको छ ।
गत शुक्रबार राजवादीको प्रदर्शनका क्रममा आन्दोलन कारीले काठमाडौंको तीनकुनेमा सर्वसाधारणको घरमा आगो लगाएर घरभित्र दृश्य खिचिरहेको अवस्थामा रजकको जलाएर हत्या गरेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












