संखुवासभाको चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला
काठमाडौं । संखुवासभाको चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला परेको छ ।
सोमबार बिहान चैनपुर नगरपालिका–६ मा नगरपालिकाका कर्मचारीले सरसफाइ गर्ने क्रममा दुई वटा शंकास्पद वस्तु फेला परेको संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले बताएका छन् । उनका अनुसार शंकास्पद वस्तु फेला परेको स्थानमा द्वन्द्वकालमा सप्रबल सुरक्षा बेश चैनपुर थियो ।
नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने क्रममा बाटोको बाँयापट्टी तारसहित जमिनमा गाडिएको अवस्थामा दुई स्थानमा शंकास्पद वस्तु फेला पारेको उनले बताए । शंकास्पद वस्तु बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।
‘नगरपालिकाले सरसफाई गर्दा तार गाडिएको अवस्थामा दुई स्थानमा तार भेटिएको छ,तत्कालीन समयमा सुरक्षा बेस क्याम्प रहेकाले बम हो कि भन्ने आशंका छ,’ उनले भने,‘ नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गर्दैछ ।’
Comments
अरु समाचार
-
एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षको जिम्मेवारी सरिता थापालाई
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको...
-
संखुवासभामा शैक्षिकसत्र शुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक
काठमाडौं । यस वर्ष शैक्षिकसत्र शुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न सुझाव
काठमाडौं । सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुझाव दिएका छन् । सामजिक सञ्जाल...
-
ताप्लेजुङमा ४ महिनापछि हवाई सेवा सुरु
काठमाडौं । करिब चार महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने...
-
सभा र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे एक लाख जरिवाना
काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित...
-
कुकुरले टोक्दा मान्छेको मृत्यु
काठमाडौं । मोरङको बेलबारीेमा छाडा कुकुरले टोक्दा एकजनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय...
-
पाँचथरमा डढेलोमा परेर एक युवतीको मृत्यु, ४ जना घाइते
काठमाडौं । पाँचथरमा वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । कुम्मायक...
-
सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु
काठमाडौं । सगरमाथा आधार शिविरमा लेक लागेर एक नेपाली श्रमिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का...