सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु
काठमाडौं । सगरमाथा आधार शिविरमा लेक लागेर एक नेपाली श्रमिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।
शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझेकी छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न सुझाव
काठमाडौं । सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुझाव दिएका छन् । सामजिक सञ्जाल...
-
ताप्लेजुङमा ४ महिनापछि हवाई सेवा सुरु
काठमाडौं । करिब चार महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने...
-
सभा र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे एक लाख जरिवाना
काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित...
-
कुकुरले टोक्दा मान्छेको मृत्यु
काठमाडौं । मोरङको बेलबारीेमा छाडा कुकुरले टोक्दा एकजनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय...
-
पाँचथरमा डढेलोमा परेर एक युवतीको मृत्यु, ४ जना घाइते
काठमाडौं । पाँचथरमा वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । कुम्मायक...
-
संखुवासभाको चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला
काठमाडौं । संखुवासभाको चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान चैनपुर नगरपालिका–६ मा नगरपालिकाका कर्मचारीले सरसफाइ...
-
पाथीभरामा केबलकार निर्माणको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । पाथीभरामा केबलकार निर्माणको काम तत्कालका लागि यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु...
-
इटहरी सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा
काठमाडौं । इटहरीको सेन्टर प्लाजामा आज बिहान ९ः३० बजे सुरु भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला...