‘भारत र पाकिस्तानबीचको तनावमा अमेरिकाले हस्तक्षेप नगर्ने’: उपराष्ट्रपती भान्स
काठमाडौं । पछिल्ला दिनहरुमा दुई छिमेकी देशहरु भारत र पाकिस्तान आपसमा गोलाबारी गरिरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।
गत अप्रिल महिनाको २२ तारिखमा भारतको काश्मीरको पर्यटकिय स्थल पहलगाममा भएको आतंकवादी हमलाको जवाफ भारतले मे ७ मा पाकिस्तानका आतंकवाद लक्ष्यित हमला‘अपरेशन सिन्दुर’ गरेपछि चुलिएको द्धन्द्धका बिच अमेरिकी उपराष्ट्रपती भान्सको प्रतिक्रिया आएको हो ।
उनले, भारत र पाकिस्तानबीचको बढ्दो तनावमा अमेरिकाले हस्तक्षेप नगर्ने भन्दै प्रतिक्रिया दिएका छन् । भान्सले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भारत पाकिस्तानबीचको ‘युद्ध’मा अमेरिका संलग्न नहुने र हस्तक्षेप नगर्ने बताएका हुन्।
‘हामी तनाव कम गराउने प्रयत्नसम्म गर्न सक्छौं। तर युद्धमा संलग्न हुन्नौं। त्यो हाम्रो काम होइन,’उनले भनेका छन्। भान्सले भारत-पाकिस्तानबीचको तनाव अमेरिकाको मामिला नभएको पनि बताएका छन्। यद्यपि कुटनीतिक माध्यमबाट तनावग्रस्त अवस्थालाई समाधानको प्रयत्न भने गर्न सकिने बताएका छन् ।
‘हामी यी दुवै देशलाई नियन्त्रण गर्न सक्दैनौं । त्यसकारण आधारभूत रूपमा यो हाम्रो सरोकारको विषय पनि होइन,’ उनले भनेका छन्।
भान्सले भारत–पाकिस्तानबीचको तनाव क्षेत्रीय युद्ध वा परमाणु संघर्षमा परिणत नहुने आशा व्यक्त गरेका छन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच शान्ति स्थापना गर्न आफू मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको बताएका थिए।
बुधबार राति भारतले पाकिस्तानका ९ स्थानमा निशाना बनाएर मिसाइल आक्रमण गरेपछि पनि ट्रम्पले भारत–पाकिस्तान तनाव धेरै लामो नजाने आशा व्यक्त गरेका थिए।
पाकिस्तानले बुधबारको आक्रमणको जबाफस्वरूप भारतका विभिन्न भूभागहरूमा मिसाइल र ड्रोनले प्रहार गरेको छ। भारतको हवाइ प्रतिरक्षा प्रणालीले पाकिस्तानले प्रहार गरेका मिसाइलहरू नष्ट गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












