भारत र पाकिस्तान बिच आज वार्ता हुँदै !
काठमाडौं । अप्रिल महिनाको २२ तारिखमा भारतको काश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना निर्दोश पर्यटकको ज्यान लिने गरि भएको आतंकवादी हमला पछि एकाएक भारत र पाकिस्तान बिच बढेको युद्ध रोकिएको दुई दिनपछि आज वार्ता हुन लागेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार आज सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो।
उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ। वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ । सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल सम्झौता लगायतका विषयमा छलफल नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
बुधबारदेखि चर्केको भारत(पाकिस्तान तनाव शुक्रबार उत्कर्षमा पुगेर शनिबार साँझदेखि युद्धविराम भएको थियो। युद्धविराममा कैयौं देशहरूले मध्यस्थ गरे पनि भारतले दुई देशबीच सिधा कुराकानीबाट युद्धविराम भएको बताएको छ।
शनिबार अपराह्न दुई देशका डिजिएमओबीच टेलिफोन संवाद भएपछि युद्धविराम भएको भनेर भारतीय सेनाले बताउँदै आएको छ। भारतले ‘अपरेसन सिन्दुर’ चलाएर पहलगाममा २२ अप्रिलमा भएको आतंवादी हमलाको जबाफमा पाकिस्तानमा सैन्य कारबाही चलाएको थियो। त्यसको बदलामा पाकिस्तानले शनिबार ‘अपरेसन बनयान–उल–मर्सुस’घोषणा गरेको थियो।
अपरेसन सिन्दुरमा भएको कारबाही र क्षतिबारे भारतीय सेनाले आइतबार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरेको छ। भारतीय वायु सेनाका सैन्य सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले अपरेसनमा एक सय भन्दा बढी आतंककारी मारिएको बताएका छन्।
उनले पाकिस्तानी ड्रोन र हवाइ साधनहरूले आक्रमणको प्रयत्न गरिए पनि भारतको बलियो हवाई रक्षा संरचनाले त्यसलाई बिफल पारिएको दावि गरे ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












