भारत र पाकिस्तान बिच आज वार्ता हुँदै !
काठमाडौं । अप्रिल महिनाको २२ तारिखमा भारतको काश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना निर्दोश पर्यटकको ज्यान लिने गरि भएको आतंकवादी हमला पछि एकाएक भारत र पाकिस्तान बिच बढेको युद्ध रोकिएको दुई दिनपछि आज वार्ता हुन लागेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार आज सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो।
उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ। वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ । सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल सम्झौता लगायतका विषयमा छलफल नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
बुधबारदेखि चर्केको भारत(पाकिस्तान तनाव शुक्रबार उत्कर्षमा पुगेर शनिबार साँझदेखि युद्धविराम भएको थियो। युद्धविराममा कैयौं देशहरूले मध्यस्थ गरे पनि भारतले दुई देशबीच सिधा कुराकानीबाट युद्धविराम भएको बताएको छ।
शनिबार अपराह्न दुई देशका डिजिएमओबीच टेलिफोन संवाद भएपछि युद्धविराम भएको भनेर भारतीय सेनाले बताउँदै आएको छ। भारतले ‘अपरेसन सिन्दुर’ चलाएर पहलगाममा २२ अप्रिलमा भएको आतंवादी हमलाको जबाफमा पाकिस्तानमा सैन्य कारबाही चलाएको थियो। त्यसको बदलामा पाकिस्तानले शनिबार ‘अपरेसन बनयान–उल–मर्सुस’घोषणा गरेको थियो।
अपरेसन सिन्दुरमा भएको कारबाही र क्षतिबारे भारतीय सेनाले आइतबार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरेको छ। भारतीय वायु सेनाका सैन्य सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले अपरेसनमा एक सय भन्दा बढी आतंककारी मारिएको बताएका छन्।
उनले पाकिस्तानी ड्रोन र हवाइ साधनहरूले आक्रमणको प्रयत्न गरिए पनि भारतको बलियो हवाई रक्षा संरचनाले त्यसलाई बिफल पारिएको दावि गरे ।
Comments
अरु समाचार
-
रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ । कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले...
-
इजरायल-इरानको ‘क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली’ कति शक्तिशाली ?
काठमाडौं । इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ। तर इरानसँगको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज...
-
नेपाल र स्कटल्यान्डको खेलमा कसको कति रन-विकेट ?
काठमाण्डौ। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित...
-
आजको राशिफल: २०८२ असार ७ गते शनिबार
मेष:साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा...
-
बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।...
-
सिंहदरबारमा छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता
काठमाडौँ । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो। बैठकमा...
-
भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय...
-
इरानविरुद्ध अमेरिकाले हमला गर्ने नगर्ने भन्नेमा ट्रम्पले दुई सातामा निर्णय लिने
काठमाडौं । इजरायल-इरान युद्ध चलिरहेको बेला अमेरिकाले के गर्ला ? अहिले यो विषय प्रमुख चासोको रुपमा देखिएको छ । इरानमाथि...