संखुवासभा कांग्रेसका पूराना नेता कुवेर भण्डारीले पार्टीको पदबाट दिए राजीनामा
खाँदबारी । नेपाली कांग्रेस संखुवासभामा लामो इतिहास भएका नेता कुवेर भण्डारीले क्रियाशील सदस्यदेखि सबै पदबाट राजीनामा दिएका छन् । कांग्रेस पार्टीका नेताहरुको क्रियाकलापप्रति असंतुष्टी जनाउँदै उनले क्रियाशील सदस्यदेखि प्रदेश प्रतिनिधिलगायत सबै पदवाट राजीनामा दिने घोषणा गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
सुंवासभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समक्ष राजीनापत्र बुझाएका उनले वि सं. २०३८ सालदेखि नेविसंघको कर्यकर्ता हुँदै अहिलेसम्म कांग्रेसको हरेक प्रजातान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् ।
विज्ञप्तिमा उनले ‘नेपाली कांग्रेसको विचार नै प्रजातान्त्रिक समाजवादवाट विचलित भई भ्रष्टाचारको नाईके हुने, परिवारवाद लागू गर्ने तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने जस्ता अप्रजातान्त्रिक क्रियाकिलाप गर्दै आएकोले विमति राखेको’ प्रष्ट पारेका छन् ।
नेता भण्डारी राजीनामा पत्रमा लेख्छन्, “आज मिति २०८२\०२\१७ गतेबाट मैले नेपाली कांग्रेसको क्रियाशील सदस्यदेखि प्रदेश प्रतिनिधि सबै पदवाट राजिनामा दिने घोषणा गरेको छु ।”
पदभित्र रहेर आफूलाई सहयोग गर्ने अग्रज नेताहरु र साथीहरुप्रति उनले आभार व्यक्त गरेका छन् । उनीलगायत उनका परिवारका सदस्यहरुले कांग्रेसमा लामो इतिहास बोकेका छन् ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












