संखुवासभा कांग्रेसका पूराना नेता कुवेर भण्डारीले पार्टीको पदबाट दिए राजीनामा
खाँदबारी । नेपाली कांग्रेस संखुवासभामा लामो इतिहास भएका नेता कुवेर भण्डारीले क्रियाशील सदस्यदेखि सबै पदबाट राजीनामा दिएका छन् । कांग्रेस पार्टीका नेताहरुको क्रियाकलापप्रति असंतुष्टी जनाउँदै उनले क्रियाशील सदस्यदेखि प्रदेश प्रतिनिधिलगायत सबै पदवाट राजीनामा दिने घोषणा गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
सुंवासभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समक्ष राजीनापत्र बुझाएका उनले वि सं. २०३८ सालदेखि नेविसंघको कर्यकर्ता हुँदै अहिलेसम्म कांग्रेसको हरेक प्रजातान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् ।
विज्ञप्तिमा उनले ‘नेपाली कांग्रेसको विचार नै प्रजातान्त्रिक समाजवादवाट विचलित भई भ्रष्टाचारको नाईके हुने, परिवारवाद लागू गर्ने तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने जस्ता अप्रजातान्त्रिक क्रियाकिलाप गर्दै आएकोले विमति राखेको’ प्रष्ट पारेका छन् ।
नेता भण्डारी राजीनामा पत्रमा लेख्छन्, “आज मिति २०८२\०२\१७ गतेबाट मैले नेपाली कांग्रेसको क्रियाशील सदस्यदेखि प्रदेश प्रतिनिधि सबै पदवाट राजिनामा दिने घोषणा गरेको छु ।”
पदभित्र रहेर आफूलाई सहयोग गर्ने अग्रज नेताहरु र साथीहरुप्रति उनले आभार व्यक्त गरेका छन् । उनीलगायत उनका परिवारका सदस्यहरुले कांग्रेसमा लामो इतिहास बोकेका छन् ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












