तरुण दलको आन्तरिक द्वन्द्व उत्कर्षमा !
काठमाडौं । नेपाल तरुण दलको वर्तमान कार्यसमितिमा आवद्ध बहुमत सदस्यहरुले बर्तमान कार्यसमिति शीघ्र भंग गर्नुपर्ने माग राखेका छन् । उनीहरुले केन्द्रीय अधिवेशन गराउन असफल यस कार्यसमितिको विघटन गरी शीघ्र नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान कार्यसमितिले महाधिवेशन गर्न सक्दैन भन्ने निष्कर्षमा बहुमत सदस्यहरु पुगेका छन् । वर्तमान कार्यसमिति चार सय सदस्यीय छ । विद्वान गुरुंङ तरुण दलको अध्यक्ष भएको तीन वर्ष भयो । केन्द्रीय समितिमा चारसय जना चयन भएको पनि दुई वर्ष पुगेको छ । एउटा तदर्थ समितिले अधिवेशन गर्न पाउने न्यूनम् समय भनेको ६ देखि आठ महिना हो । पार्टीले केही समयअघि एउटा बेहोरा समेत लेखेर चैत मसान्तसम्म अधिवेशन गरिसक्ने र त्यो समयभित्र सम्पन्न भएन भने स्वत ः विघटन हुने अन्तिम म्याद दिइसकेको थियो । पार्टीले निर्देश गरेको अन्तिम मिति पनि समाप्त भइसकेको छ । तरुण दलका केन्द्रीय सदस्य रोज राई भन्छन्, अहिले नै हामी वैधानिक छैनौं । अवैधानिक कमिटीले अब अधिवेशन गर्दै जान्छु भन्ने पत्याउने कुरै भएन ।
पछिल्लो समय लम्जुङमा खुकुरी काण्ड मच्चियो र तरुण दलमै आबद्ध भएकाले कुटाइ खाने अवस्थासम्म भयो । यस अवस्थामा अधिवेशनतिर जानेभन्दा पनि विध्वंसात्मकतिर जाने देखिएको तरुण दलका अधिकांश केन्द्रीय सदस्यहरु दाबी गर्छन् । अब हामी नैतिक हिसाबले पनि यो कमिटीमा बस्ने आवश्यकता छैन । पार्टीले पनि पटकपटक म्याद थपेर असफल बनेको रमिता हेर्नुभन्दा संगठनलाई बचाउने गरी अब नयाँ र चुस्तदुरुस्त रुपमा ६ देखि ८ महिनासम्ममा अधिवेशन गर्ने कमिटी फेरि बनिनुपर्छ ।
यसैक्रमा वर्तमान कार्यसमितिका बहुमत सदस्यहरुले आज पत्रकार सम्मेलन गर्दैछन् । भुृकुटीमण्डपमा भेला भएर उनीहरुले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर पत्रकार सम्मेलन गर्ने भएका हुन् । वर्तमान कार्यसमिति विघटन गरेर नयाँ कार्यसमितिलाई अधिवेशन गर्न दिनुपर्ने माग नै पत्रकार सम्मेलनको विषय हुने बुझिएको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












