तरुण दलको आन्तरिक द्वन्द्व उत्कर्षमा !
काठमाडौं । नेपाल तरुण दलको वर्तमान कार्यसमितिमा आवद्ध बहुमत सदस्यहरुले बर्तमान कार्यसमिति शीघ्र भंग गर्नुपर्ने माग राखेका छन् । उनीहरुले केन्द्रीय अधिवेशन गराउन असफल यस कार्यसमितिको विघटन गरी शीघ्र नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान कार्यसमितिले महाधिवेशन गर्न सक्दैन भन्ने निष्कर्षमा बहुमत सदस्यहरु पुगेका छन् । वर्तमान कार्यसमिति चार सय सदस्यीय छ । विद्वान गुरुंङ तरुण दलको अध्यक्ष भएको तीन वर्ष भयो । केन्द्रीय समितिमा चारसय जना चयन भएको पनि दुई वर्ष पुगेको छ । एउटा तदर्थ समितिले अधिवेशन गर्न पाउने न्यूनम् समय भनेको ६ देखि आठ महिना हो । पार्टीले केही समयअघि एउटा बेहोरा समेत लेखेर चैत मसान्तसम्म अधिवेशन गरिसक्ने र त्यो समयभित्र सम्पन्न भएन भने स्वत ः विघटन हुने अन्तिम म्याद दिइसकेको थियो । पार्टीले निर्देश गरेको अन्तिम मिति पनि समाप्त भइसकेको छ । तरुण दलका केन्द्रीय सदस्य रोज राई भन्छन्, अहिले नै हामी वैधानिक छैनौं । अवैधानिक कमिटीले अब अधिवेशन गर्दै जान्छु भन्ने पत्याउने कुरै भएन ।
पछिल्लो समय लम्जुङमा खुकुरी काण्ड मच्चियो र तरुण दलमै आबद्ध भएकाले कुटाइ खाने अवस्थासम्म भयो । यस अवस्थामा अधिवेशनतिर जानेभन्दा पनि विध्वंसात्मकतिर जाने देखिएको तरुण दलका अधिकांश केन्द्रीय सदस्यहरु दाबी गर्छन् । अब हामी नैतिक हिसाबले पनि यो कमिटीमा बस्ने आवश्यकता छैन । पार्टीले पनि पटकपटक म्याद थपेर असफल बनेको रमिता हेर्नुभन्दा संगठनलाई बचाउने गरी अब नयाँ र चुस्तदुरुस्त रुपमा ६ देखि ८ महिनासम्ममा अधिवेशन गर्ने कमिटी फेरि बनिनुपर्छ ।
यसैक्रमा वर्तमान कार्यसमितिका बहुमत सदस्यहरुले आज पत्रकार सम्मेलन गर्दैछन् । भुृकुटीमण्डपमा भेला भएर उनीहरुले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर पत्रकार सम्मेलन गर्ने भएका हुन् । वर्तमान कार्यसमिति विघटन गरेर नयाँ कार्यसमितिलाई अधिवेशन गर्न दिनुपर्ने माग नै पत्रकार सम्मेलनको विषय हुने बुझिएको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












