रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने
काठमाडौं । पाल्पाको ऐतिहासिक रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने भएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले रानीमहललाई खड्ग शम्शेरले निर्माण गरेको शैलीअनुसार पुनःस्थापना गर्ने निर्णय गरेको हो।
बैठकमा अर्थमन्त्री पौडेलले रानीमहल दुर्लभ ऐतिहासिक सम्पदा भएकाले यसको संरचनागत स्वरूप र शैली अनुसारका सामग्री सङ्कलन गरी अध्ययन गर्न तथा सोहीअनुसार कार्ययोजना बनाउन पुरातत्त्व विभागलाई निर्देशन दिए। उनले नदी कटान र पहिरो व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा क्षेत्रका सांसदहरू, पुरातत्त्व विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, इन्जिनियरलगायतको उपस्थिति रहेको थियो। बैठकले रानीमहलको संरक्षणका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले दीर्घकालीन व्यवस्थित योजनाका साथ रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए। बैठकमा प्रतिनिधिसभाका सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए ।
सांसद नारायण आचार्यले रानीमहललाई व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न जरुरी रहेको धारणा व्यक्त गए ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सबै निकायसँग समन्वय गरेर संरक्षण कार्य अघि बढाउने जानकारी दिए। पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ऐतिहासिक महत्त्व जोगाएर पुनर्निर्माण सम्भव हुने बताए ।
अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले स्रोत अभाव नहुने स्पष्ट पारे। कालीगण्डकी कोरीडोरका प्रोजेक्ट म्यानेजर कल्पना अधिकारीले प्रारम्भिक अध्ययनअनुसार रानीमहललाई रेट्रोफिटिङ गर्न, नदीकटानबाट जोगाउन, पहिरो व्यवस्थापन गर्न, पुल निर्माण गर्न, पार्किङ क्षेत्रलाई व्यवस्थित गर्न लगायतका कार्यहरू गर्न आवश्यक रहेको देखिएको जानकारी दिए ।
राणाकालीन समयमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











