आजको राशिफल : २०८२ असार २३ गते साेमबार
मेष: समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमश: सुधार आउनेछ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला।
वृष: विभिन्न सहयोग र उपहारसमेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला। हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ।
मिथुन: भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
कर्कट: अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। लाभ हुनेछ र सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
सिंह: साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। परिस्थिति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
कन्या: छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने समय छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ।
तुला: बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।
वृश्चिक: द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मिहिनेतले प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला।
धनु: भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। अर्थसञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ। खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ।
मकर : विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ। तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ।
कुम्भ: साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा हाेला। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला।
मीन: रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ। मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











