प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे संसद्लाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्व स्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा थप गति दिन योगदान दिएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा भएको आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उच्च हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्र सङ्घसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको बताए ।
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा शक्ति राष्ट्रहरुबीचको द्वन्द्वका कारण बहुपक्षीयता तथा संयुक्त राष्ट्र सङ्घको प्रभावकारिता माथि नै संशय पैदा भइरहेको परिप्रेक्ष्यमा नेपालबाट सरकार प्रमुखको तहबाट भएको सहभागिताबाट नेपालको संयुक्त राष्ट्र संघ र बहुपक्षीयता प्रतिको ऐक्यबद्धता पुनर्पुष्टि भएको बताए ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्र सङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको उल्लेख गर्दै विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको भन्दै भ्रमणबाट आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको बताए ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते स्पेनतर्फ प्रस्थान गरी असार २ गते स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री ओलीले सम्मेलन पूर्व यही असार १४ गते पनि प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणको विषयमा जानकारी गराएका थिए ।
स्पेन-भ्रमणः-प्रमको-भ्रमणबाट-फर्किएपछि-संसदलाइ-जानकारी
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












