प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे संसद्लाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्व स्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा थप गति दिन योगदान दिएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा भएको आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उच्च हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्र सङ्घसँगको सहकार्य अझ सुदृढ बनाउन सहयोग पुगेको बताए ।
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा शक्ति राष्ट्रहरुबीचको द्वन्द्वका कारण बहुपक्षीयता तथा संयुक्त राष्ट्र सङ्घको प्रभावकारिता माथि नै संशय पैदा भइरहेको परिप्रेक्ष्यमा नेपालबाट सरकार प्रमुखको तहबाट भएको सहभागिताबाट नेपालको संयुक्त राष्ट्र संघ र बहुपक्षीयता प्रतिको ऐक्यबद्धता पुनर्पुष्टि भएको बताए ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्र सङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको उल्लेख गर्दै विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको भन्दै भ्रमणबाट आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको बताए ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते स्पेनतर्फ प्रस्थान गरी असार २ गते स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री ओलीले सम्मेलन पूर्व यही असार १४ गते पनि प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणको विषयमा जानकारी गराएका थिए ।
स्पेन-भ्रमणः-प्रमको-भ्रमणबाट-फर्किएपछि-संसदलाइ-जानकारी
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












