ताजा समाचार

दुर्गेशको गीतको चर्चा….

काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ ।

दुर्गेश थापा, भ्लगर सिसन बानियाँ र सामाजिक सञ्जालकी भाइरल पात्र ‘गुराँस नानी’ले संयुक्त रुपमा सहकार्य गरेर निर्माण गरेको नयाँ गीतको भिडियो सार्वजनिक भएसँगै रेकर्ड राख्न सफल भएको हो ।

यो गीतले रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।

गीत बुधबारबाट दुर्गेशको आफ्नै युट्युब च्यानलबाट उक्त गीतले सार्वजनिक भएको थियो । गीतको शब्द र संगीत दुर्गेशकै हो भने दुर्गेश, सिसन र अल्हाजी गेरोले स्वर दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org