बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजि २४ जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेले बताए।
धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शुक्रबार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको स्थानीय बसन्त बहादुर बिष्टले बताए ।
दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका सूचना अधिकारी पाण्डेले बताए।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पाटन र स्थानीयवासी घटनास्थल पुगेर उद्धारमा खटिएका छन् । सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा प्राथमिक उपचार गराइएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरी प्रवक्ता पाण्डेले बताए ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











