पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित
काठमाण्डौ । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ ।
यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो । विदेशी भूमिमा भारतको यो दोस्रो हार हो । यसअघि टोली सन् १९७७ मा ब्रिस्बेनमा अस्ट्रेलियाविरुद्ध १६ रनले पराजित भएको थियो । इङ्ग्ल्यान्डले पहिलो इनिङसमा टस जितेर पहिले ब्याटिङ गर्दै १० विकेट गुमाएर ३८७ रन बनायो ।
इङ्ग्ल्यान्डका जो रुटले सबैभन्दा धेरै १०४ रन बनाए । जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे । भारतले पनि पहिलो इनिङ्समा १० विकेटको क्षतिमा ३८७ रन नै बनायो । केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए ।
दोस्रो इनिङ्समा इङ्ग्ल्यान्डले १० विकेट गुमाउँदै १९२ रन बनाएको थियो । योसँगै भारतले १९३ रनको लक्ष्य पाएको थियो । तर, भारत १७० रनमै अलआउट भयो । भारतका जडेजाले सर्वाधिक ६१ रन जोडे । राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












