पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित
काठमाण्डौ । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ ।
यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो । विदेशी भूमिमा भारतको यो दोस्रो हार हो । यसअघि टोली सन् १९७७ मा ब्रिस्बेनमा अस्ट्रेलियाविरुद्ध १६ रनले पराजित भएको थियो । इङ्ग्ल्यान्डले पहिलो इनिङसमा टस जितेर पहिले ब्याटिङ गर्दै १० विकेट गुमाएर ३८७ रन बनायो ।
इङ्ग्ल्यान्डका जो रुटले सबैभन्दा धेरै १०४ रन बनाए । जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे । भारतले पनि पहिलो इनिङ्समा १० विकेटको क्षतिमा ३८७ रन नै बनायो । केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए ।
दोस्रो इनिङ्समा इङ्ग्ल्यान्डले १० विकेट गुमाउँदै १९२ रन बनाएको थियो । योसँगै भारतले १९३ रनको लक्ष्य पाएको थियो । तर, भारत १७० रनमै अलआउट भयो । भारतका जडेजाले सर्वाधिक ६१ रन जोडे । राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












