थाइल्याण्ड र कम्बोडियावीचको सिमा विवाद थप चर्किँदै, थाइल्याण्डका ९ स्थानीयको मृत्यु
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवाद चर्किंदा थाइल्याण्डका कम्तीमा ९ जना स्थानीयको मृत्यु भएको छ ।
दक्षिणपूर्वी एशियाका छिमेकी मुलुकहरुबीच बिहिवार फेरि गोली हानाहान भएपछि थाइल्याण्डले कम्बोडियासंगको सम्पूर्ण सीमा समेत बन्द गरेको छ । कम्बोडियामा रहेका आफ्ना नागरिकलाई मुलुक छोड्न समेत थाइल्याण्डले निर्देशन दिएको छ ।
साथै सीमावर्ती ८६ वटा गाउँबाट करिब ४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ । आफ्ना सैनिक क्षेत्रमा आक्रमण गर्नकालागि थाइल्याण्डले युद्धक विमान पठाएको आरोप कम्बोडियाले लगाएको छ ।
सन् २००८ मा कम्बोडियाले विश्व सम्पदा सूचीमा सूचीकृत ११ औं शताब्दीको एउटा मन्दिर भएको क्षेत्रलाई आफ्नो कब्जामा लिन प्रयास गरेयता दुबै मुलुकबीच सीमा विवाद बढेको हो ।
त्यस यता भएका संघर्षमा परी दुबैतर्फ सर्वसाधारण नागरिककासाथै सैनिकको समेत मृत्यु भएको छ । दुई महिना अघी मात्र कम्बोडियाका एक सैनिक थाइल्याण्डको आक्रमणमा परी मारिएपछि दुबै मुलुकको सम्बन्ध निक्कै बिग्रिएको छ ।
दुबै मुलुकले एक अर्काको मुलुकबाट आआफ्नो राजदूतलाई फिर्ता बोलाएका छन् । कम्बोडियाले थाइल्याण्डबाट फलफुल, तरकारीकासाथै बिजुली र इन्टरनेट सेवाको आयातमा समेत रोक लगाएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











