थाइल्याण्ड र कम्बोडियावीचको सिमा विवाद थप चर्किँदै, थाइल्याण्डका ९ स्थानीयको मृत्यु
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवाद चर्किंदा थाइल्याण्डका कम्तीमा ९ जना स्थानीयको मृत्यु भएको छ ।
दक्षिणपूर्वी एशियाका छिमेकी मुलुकहरुबीच बिहिवार फेरि गोली हानाहान भएपछि थाइल्याण्डले कम्बोडियासंगको सम्पूर्ण सीमा समेत बन्द गरेको छ । कम्बोडियामा रहेका आफ्ना नागरिकलाई मुलुक छोड्न समेत थाइल्याण्डले निर्देशन दिएको छ ।
साथै सीमावर्ती ८६ वटा गाउँबाट करिब ४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ । आफ्ना सैनिक क्षेत्रमा आक्रमण गर्नकालागि थाइल्याण्डले युद्धक विमान पठाएको आरोप कम्बोडियाले लगाएको छ ।
सन् २००८ मा कम्बोडियाले विश्व सम्पदा सूचीमा सूचीकृत ११ औं शताब्दीको एउटा मन्दिर भएको क्षेत्रलाई आफ्नो कब्जामा लिन प्रयास गरेयता दुबै मुलुकबीच सीमा विवाद बढेको हो ।
त्यस यता भएका संघर्षमा परी दुबैतर्फ सर्वसाधारण नागरिककासाथै सैनिकको समेत मृत्यु भएको छ । दुई महिना अघी मात्र कम्बोडियाका एक सैनिक थाइल्याण्डको आक्रमणमा परी मारिएपछि दुबै मुलुकको सम्बन्ध निक्कै बिग्रिएको छ ।
दुबै मुलुकले एक अर्काको मुलुकबाट आआफ्नो राजदूतलाई फिर्ता बोलाएका छन् । कम्बोडियाले थाइल्याण्डबाट फलफुल, तरकारीकासाथै बिजुली र इन्टरनेट सेवाको आयातमा समेत रोक लगाएको छ ।
Comments
अरु समाचार
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै...
-
सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको...
-
राप्रपामा महामन्त्री डा.धवलशम्शेरसहित १८३ नेताद्वारा सामूहिक राजीनामा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि पार्टीका महामन्त्री डा. धवलशम्शेर राणासहितका शीर्ष नेताहरूले सामूहिक रूपमा...
-
रास्वपा सभापति लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । उनको भारत भ्रमणको...












