अष्ट्रेलियामाथि रोमाञ्चक जीत निकाल्दै दक्षिण अफ्रिका वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्सको फाइनलमा
काठमाडौं । अष्ट्रेलिया च्याम्पियन्समाथि रोमाञ्चक जीत निकाल्दै दक्षिण अफ्रिका वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्सको फाइनलमा प्रवेश गरेको छ । आज भएको टी–२० सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलिया च्याम्पियन्सलाई १ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। दक्षिण अफ्रिकाको इनिङ्समा मोमे भ्यान विकले ३५ बलमा ७६ रनको विस्फोटक पारी खेले भने जेजे स्मट्सले पनि ४१ बलमा ५७ रनको महत्त्वपूर्ण योगदान दिए। अष्ट्रेलियाका लागि पिटर सिडलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए।
जवाफमा अष्ट्रेलिया च्याम्पियन्सले पनि सशक्त प्रदर्शन गर्यो, तर लक्ष्य भेटाउन असफल रह्यो र २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि ड्यान क्रिश्चियनले २९ बलमा अविजित ४९ रन बनाएका थिए भने क्रिस लिनले पनि २० बलमा ३५ रन जोडेका थिए।
तर, खेलको निर्णायक मोडमा दक्षिण अफ्रिकाका वायन पार्नेलको बलिङ उत्कृष्ट रह्यो। उनले २३३ को बलिङ प्रदर्शनका साथै खेलको ‘म्यान अफ द म्याच’ पनि बने। अन्तिमसम्म निकै प्रतिस्पर्धात्मक रहेको यो सेमिफाइनल भिडन्त दक्षिण अफ्रिकाले १ रनले जित्दै उपाधिका लागि फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












