अष्ट्रेलियामाथि रोमाञ्चक जीत निकाल्दै दक्षिण अफ्रिका वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्सको फाइनलमा
काठमाडौं । अष्ट्रेलिया च्याम्पियन्समाथि रोमाञ्चक जीत निकाल्दै दक्षिण अफ्रिका वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्सको फाइनलमा प्रवेश गरेको छ । आज भएको टी–२० सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलिया च्याम्पियन्सलाई १ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। दक्षिण अफ्रिकाको इनिङ्समा मोमे भ्यान विकले ३५ बलमा ७६ रनको विस्फोटक पारी खेले भने जेजे स्मट्सले पनि ४१ बलमा ५७ रनको महत्त्वपूर्ण योगदान दिए। अष्ट्रेलियाका लागि पिटर सिडलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए।
जवाफमा अष्ट्रेलिया च्याम्पियन्सले पनि सशक्त प्रदर्शन गर्यो, तर लक्ष्य भेटाउन असफल रह्यो र २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि ड्यान क्रिश्चियनले २९ बलमा अविजित ४९ रन बनाएका थिए भने क्रिस लिनले पनि २० बलमा ३५ रन जोडेका थिए।
तर, खेलको निर्णायक मोडमा दक्षिण अफ्रिकाका वायन पार्नेलको बलिङ उत्कृष्ट रह्यो। उनले २३३ को बलिङ प्रदर्शनका साथै खेलको ‘म्यान अफ द म्याच’ पनि बने। अन्तिमसम्म निकै प्रतिस्पर्धात्मक रहेको यो सेमिफाइनल भिडन्त दक्षिण अफ्रिकाले १ रनले जित्दै उपाधिका लागि फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












