ताजा समाचार

म्यानमारमा चारवर्षे संकटकाल अन्त्य

काठमाडौं । म्यानमारमा चार वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले संकटकाल हटाएको छ ।

सन् २०२१ को फेब्रुअरीमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नो नेतृत्वमा सरकार बनाएको सेनाले त्यही बेला संकटकाल घोषणा गरेको थियो ।

यसअघि नै आउँदो डिसेम्बरमा चुनाव गर्ने घोषणा गरेको सैन्य सरकारले संकटकाल पनि हटाएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ । तर चुनावको मिति भने घोषणा भएको छैन ।

विपक्षी दलहरूले चुनावमा सहभागी नहुने बताएका छन् । अहिले म्यानमारको विधायिका, कार्यपालिका र न्यायपालिका सबै सेना प्रमुख मिन आङ ह्लाइङको प्रत्यक्ष नियन्त्रण रहेको छ । यस्तो अवस्थामा निष्पक्ष चुनाव हुन नसक्ने विपक्षीहरूको भनाइ छ ।

सेनाले कु गरेर सत्ता कब्जा गरेपछि शुरू भएको गृहयुद्धमा हजारौंको ज्यान गइसकेको छ । अहिले विद्रोही सेनाले कतिपय शहरहरू नै कब्जामा लिएका छन् ।

सैनिक सरकारले चुनवअघि हतियार त्यागेर राजनीतिक मूलधारमा फर्किनेलाई नगद पुरस्कार घोषणा पनि गरेको द गार्डियनको खबरमा उल्लेख छ ।

सैन्य सरकारले म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीलाई विभिन्न आरोपमा झन्डै ३० वर्षको सजाय तोकेको छ । चार महिनाअघि हिरासतमै ८०औं जन्मदिन मनाएकी सुकी जीवनभर जेलमै रहनसक्ने विश्लेषकहरू बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org