दक्षिण अफ्रिकाविरूद्ध अस्ट्रेलियाकाे फराकिलाे जित
काठमाडाैं । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
पुरुष एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले सिरिजमा सान्त्वना जित हासिल गरेको हाे । प्रतियाेगिताकाे उपाधी यसअघि नै दक्षिण अफ्रिकाले २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।
४३२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले कमजोर ब्याटिङ प्रदर्शन गर्दै २४.५ ओभरमा १५५ रनमा अलआउट भएकाे हाे । दक्षिण अफ्रिकाका लागि ड्युआल्ड ब्रेभिसले सर्वाधिक ४९ रन बनाउँनु बाहेका अन्य कुनै पनि खेलाडीले राम्राे प्रर्दशन गर्न सकेनन् ।
अस्ट्रेलियाका बलर कुपर कोनोलीले २२ रन खर्चेर ५ विकेट लिँदै दक्षिण अफ्रिकाको ब्याटिङ लाइनलाई ध्वस्त पारेका थिए। यस्तै, दक्षिण अफ्रिकाका लागि केशव महाराज र सेनुरां मुथुसामीले १-१ विकेट लिएका थिए।
ओपनर ट्राभिस हेडले १०३ बलमा १४२ रनको सानदार पारी खेले जसमा १७ चौका र ५ छक्का सामेल थिए । त्यसैगरी कप्तान मिचेल मार्शले १०६ बलमा १०० रन बनाउँदै शतक प्रहार गरे। यद्यपि, आजको खेलका सबैभन्दा आक्रामक ब्याट्सम्यान क्यामरून ग्रीन रहे । उनले मात्र ५५ बलमा ११८ रनको विष्फोटक पारी खेले, जसमा ८ चौका र ८ छक्का समावेश थिए। उनको स्ट्राइक रेट २१४.५५ रहेको थियो।
अन्तिम ओभरहरूमा एलेक्स क्यारीले पनि ३७ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दै टिमको स्कोरलाई ४०० पार गराउन महत्वपूर्ण योगदान दिए। दक्षिण अफ्रिकाका लागि केशव महाराज र सेनुरां मुथुसामीले १-१ विकेट लिएका थिए।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











