दक्षिण अफ्रिकाविरूद्ध अस्ट्रेलियाकाे फराकिलाे जित
काठमाडाैं । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
पुरुष एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले सिरिजमा सान्त्वना जित हासिल गरेको हाे । प्रतियाेगिताकाे उपाधी यसअघि नै दक्षिण अफ्रिकाले २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।
४३२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले कमजोर ब्याटिङ प्रदर्शन गर्दै २४.५ ओभरमा १५५ रनमा अलआउट भएकाे हाे । दक्षिण अफ्रिकाका लागि ड्युआल्ड ब्रेभिसले सर्वाधिक ४९ रन बनाउँनु बाहेका अन्य कुनै पनि खेलाडीले राम्राे प्रर्दशन गर्न सकेनन् ।
अस्ट्रेलियाका बलर कुपर कोनोलीले २२ रन खर्चेर ५ विकेट लिँदै दक्षिण अफ्रिकाको ब्याटिङ लाइनलाई ध्वस्त पारेका थिए। यस्तै, दक्षिण अफ्रिकाका लागि केशव महाराज र सेनुरां मुथुसामीले १-१ विकेट लिएका थिए।
ओपनर ट्राभिस हेडले १०३ बलमा १४२ रनको सानदार पारी खेले जसमा १७ चौका र ५ छक्का सामेल थिए । त्यसैगरी कप्तान मिचेल मार्शले १०६ बलमा १०० रन बनाउँदै शतक प्रहार गरे। यद्यपि, आजको खेलका सबैभन्दा आक्रामक ब्याट्सम्यान क्यामरून ग्रीन रहे । उनले मात्र ५५ बलमा ११८ रनको विष्फोटक पारी खेले, जसमा ८ चौका र ८ छक्का समावेश थिए। उनको स्ट्राइक रेट २१४.५५ रहेको थियो।
अन्तिम ओभरहरूमा एलेक्स क्यारीले पनि ३७ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दै टिमको स्कोरलाई ४०० पार गराउन महत्वपूर्ण योगदान दिए। दक्षिण अफ्रिकाका लागि केशव महाराज र सेनुरां मुथुसामीले १-१ विकेट लिएका थिए।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












