ताजा समाचार

दक्षिण अफ्रिकाविरूद्ध अस्ट्रेलियाकाे फराकिलाे जित

काठमाडाैं  । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

पुरुष एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले सिरिजमा सान्त्वना जित हासिल गरेको हाे । प्रतियाेगिताकाे उपाधी यसअघि नै दक्षिण अफ्रिकाले २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।

४३२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले कमजोर ब्याटिङ  प्रदर्शन गर्दै २४.५ ओभरमा १५५ रनमा अलआउट भएकाे हाे । दक्षिण अफ्रिकाका लागि ड्युआल्ड ब्रेभिसले सर्वाधिक ४९ रन बनाउँनु बाहेका अन्य कुनै पनि खेलाडीले राम्राे प्रर्दशन गर्न सकेनन् ।

अस्ट्रेलियाका बलर कुपर कोनोलीले २२ रन खर्चेर ५ विकेट लिँदै दक्षिण अफ्रिकाको ब्याटिङ लाइनलाई ध्वस्त पारेका थिए। यस्तै, दक्षिण अफ्रिकाका लागि केशव महाराज र सेनुरां मुथुसामीले १-१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकाे अस्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै ५० ओभरमा २ विकेट गुमाएर ४३१ रनको विशाल योगफल तयार पारेकाे थियाे । अस्ट्रेलियाका लागि तीन जना खेलाडीले शतक प्रहार गरे।

ओपनर ट्राभिस हेडले १०३ बलमा १४२ रनको सानदार पारी खेले जसमा १७ चौका र ५ छक्का सामेल थिए । त्यसैगरी कप्तान मिचेल मार्शले १०६ बलमा १०० रन बनाउँदै शतक प्रहार गरे। यद्यपि, आजको खेलका सबैभन्दा आक्रामक ब्याट्सम्यान क्यामरून ग्रीन रहे । उनले मात्र ५५ बलमा ११८ रनको विष्फोटक पारी खेले, जसमा ८ चौका र ८ छक्का समावेश थिए। उनको स्ट्राइक रेट २१४.५५ रहेको थियो।

अन्तिम ओभरहरूमा एलेक्स क्यारीले पनि ३७ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दै टिमको स्कोरलाई ४०० पार गराउन महत्वपूर्ण योगदान दिए। दक्षिण अफ्रिकाका लागि केशव महाराज र सेनुरां मुथुसामीले १-१ विकेट लिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org