बंगलादेशी क्रिकेटर शाकिबले बनाए टी-२० क्रिकेटमा विश्व कीर्तिमान
काठमाडौं । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा एन्टिगुवा एण्ड बारबुडा फाल्कन्सबाट खेल्ने उनले गएराति टोलीको जितमा उक्त रेकर्ड पनि बनाएका हुन्।
उनी यो कीर्तिमान हासिल गर्ने पाँचौं खेलाडी बनेका छन्। यसअघि अफगानिस्तानका राशिद खान (६६० विकेट), वेस्ट इन्डिजका ड्वेन ब्राभो (६३१) र सुनील नाराइन (५९०), तथा दक्षिण अफ्रिकाका इमरान ताहिर (५५४) मात्र यस सूचीमा थिए।
शाकिब पहिलो बाँया हाते स्पिनरका रूपमा ५०० विकेटको क्लबमा प्रवेश गरेका हुन्। यो रेकर्ड बनाउन उनलाई जम्मा ६ बल मात्र लाग्यो। उनले गएराति सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सविरुद्ध ११ रन मात्र दिएर ३ विकेट लिए ।
प्याट्रियट्सले पहिले ब्याटिङ गर्दै १३३ रन बनाएको थियो, र १३४ रनको लक्ष्यई शाकिबको टोली फाल्कन्सले पूरा गर्यो । जवाफी ब्याटिङमा शाकिबले १८ बलमा २५ रन पनि बनाए। शाकिब टी–२० क्रिकेटमा ५००ं विकेट र ७०००ं रन दुवै हासिल गर्ने पहिलो क्रिकेटर पनि बने ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












