ताजा समाचार

बंगलादेशी क्रिकेटर शाकिबले बनाए टी-२० क्रिकेटमा विश्व कीर्तिमान

काठमाडौं । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा एन्टिगुवा एण्ड बारबुडा फाल्कन्सबाट खेल्ने उनले गएराति टोलीको जितमा उक्त रेकर्ड पनि बनाएका हुन्।

उनी यो कीर्तिमान हासिल गर्ने पाँचौं खेलाडी बनेका छन्। यसअघि अफगानिस्तानका राशिद खान (६६० विकेट), वेस्ट इन्डिजका ड्वेन ब्राभो (६३१) र सुनील नाराइन (५९०), तथा दक्षिण अफ्रिकाका इमरान ताहिर (५५४) मात्र यस सूचीमा थिए।

शाकिब पहिलो बाँया हाते स्पिनरका रूपमा ५०० विकेटको क्लबमा प्रवेश गरेका हुन्। यो रेकर्ड बनाउन उनलाई जम्मा ६ बल मात्र लाग्यो। उनले गएराति सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सविरुद्ध ११ रन मात्र दिएर ३ विकेट लिए ।

प्याट्रियट्सले पहिले ब्याटिङ गर्दै १३३ रन बनाएको थियो, र १३४ रनको लक्ष्यई शाकिबको टोली फाल्कन्सले पूरा गर्‍यो । जवाफी ब्याटिङमा शाकिबले १८ बलमा २५ रन पनि बनाए। शाकिब टी–२० क्रिकेटमा ५००ं विकेट र ७०००ं रन दुवै हासिल गर्ने पहिलो क्रिकेटर पनि बने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org