सिके रिसर्चकाे “अन्तर्राष्ट्रिय हरियाली अभियान २०२५” को ब्यानर सगरमाथा देखि संयुक्त राष्ट्रसंघको कार्यालयसम्म !
काठमाडौं । सिके रिसर्च एन्ड ग्रीनरी प्रोमोशन प्रा.लि.काठमाडौंले सञ्चालन गरेको “अन्तर्राष्ट्रिय हरियाली अभियान २०२५” को ब्यानर मे १९, २०२५ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुयाइएको छ। सो ब्यानरलाई अन्तर्राष्ट्रिय पथप्रदर्शक ज्याम्च्याङ भोटेले शिखरमा पुयाएका हुन्।
यो अभियान नेपालमा मात्रै सीमित नभएर विश्वका विभिन्न मुलुकहरूमा समेत विस्तार भइरहेको कम्पनीले जनाएको छ। सोही क्रममा हालै अमेरिकास्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि समेत अभियानको ब्यानर प्रदर्शन गरिएको छ।
अमेरिकामा गरिएको उक्त कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी पिम्बा जेबा भोटे तथा नौ पटकभन्दा बढी सगरमाथा आरोहण सफल पारिसकेका ज्याम्च्याङ भोटेले अभियानको ब्यानर प्रदर्शन गरेका थिए। सो ब्यानरमा “Grow Greenery, Save the Earth” भन्ने सन्देश उल्लेख गरिएको छ।
सिके रिसर्च एन्ड ग्रीनरी प्रोमोशन प्रा.लि.का अध्यक्ष छिन्डुम मेनक्पा भोटेले यो अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक औपचारिक रूपमा अघि सारिएको दाबी गरेका छन्। उनका अनुसार हालसम्म विश्वमै यस किसिमको हरियाली सम्बन्धी अभियान पहिलोपटक सञ्चालन गरिएको हो।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











