ताजा समाचार

आसाममाथि नेपाल ‘ए’ को फराकिलाे जित

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोली ए ले आसामसँगको दोस्रो खेलमा आसाम क्रिकेट एसोसियनलाई ९६ रनको फराकिलो अन्तरले हराएको छ।

पाँच खेल सम्मिलित टी–२० सिरिजमा आज भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले दिएको १७४ रनको विजयी लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रन बनाउँदै अलआउट हुँदै प्रतियोगितामा पहिलो हार व्यहोरेको हो ।

नेपालको बलिङमा युवाराज खत्रीले सर्वाधिक ४ विकेट लिदाँ, वसिर अहमदले ३ विकेट लिए, त्यस्तै, विवेक यादव, आकाश चन्द र कमल सिंह ऐरीले समान १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाँए । उनले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरेका हुन्। ओनपर देव खनालले ३१, पवन सर्राफले ३१, आदिल आलमले १४ र वसिर अहमदले २७ रन बनाए। विवेक कुमार यादव २६ र कमल सिंह ऐरी १ रनमा अविजित रहे।

आसामका लागि बलिङमा आकाश सेनगुप्ताले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २, र आयुष्मान मालाकर र अभिलाश गोगोइले १–१ विकेट लिए।

नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो। नेपाल ुएुले सिरिजको तेस्रो खेल शनिबार साँझ ५ बजे खेल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org