आसाममाथि नेपाल ‘ए’ को फराकिलाे जित
काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोली ए ले आसामसँगको दोस्रो खेलमा आसाम क्रिकेट एसोसियनलाई ९६ रनको फराकिलो अन्तरले हराएको छ।
पाँच खेल सम्मिलित टी–२० सिरिजमा आज भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले दिएको १७४ रनको विजयी लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रन बनाउँदै अलआउट हुँदै प्रतियोगितामा पहिलो हार व्यहोरेको हो ।
नेपालको बलिङमा युवाराज खत्रीले सर्वाधिक ४ विकेट लिदाँ, वसिर अहमदले ३ विकेट लिए, त्यस्तै, विवेक यादव, आकाश चन्द र कमल सिंह ऐरीले समान १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाँए । उनले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरेका हुन्। ओनपर देव खनालले ३१, पवन सर्राफले ३१, आदिल आलमले १४ र वसिर अहमदले २७ रन बनाए। विवेक कुमार यादव २६ र कमल सिंह ऐरी १ रनमा अविजित रहे।
आसामका लागि बलिङमा आकाश सेनगुप्ताले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २, र आयुष्मान मालाकर र अभिलाश गोगोइले १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो। नेपाल ुएुले सिरिजको तेस्रो खेल शनिबार साँझ ५ बजे खेल्नेछ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












