ताजा समाचार

सभापतीलाई भेट्न पुगे रूपन्देही-३ का रास्वपा उम्मेदवारका ९ आकांक्षी !

काठमाडौं । आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा भएको रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न चाहेका आकांक्षीहरूले आज सभापति रवि लामिछानेलाई कारागारमा गएर भेट गरिरहेका छन् ।

भेटघाटका लागि उपलब्ध गराइने नियमित समयमा उनीहरूले सभापति रवि लामिछानेलाई भेटेका हुन् । कारागारमा हरेक दिन ११ बजेदेखि ३ बजेसम्म थुनुवाहरूलाई भेट्न पाइन्छ ।

उक्त निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चाहेका ९ जना आकांक्षीहरू रहेका छन् । उनिहरुले आज ११ बजे नै कारागार पुगेका थिए । त्यसपछि उनीहरूले एकपटकमा दुईजना गरी आलोपालो गरी भेटेका हुन् ।

स्रोतका अनुसार प्रत्येकले करिब १० मिनेट कुराकानी गरेका छन् । सुलभ खरेल र पार्थिबेन्द्र उपाध्यायको जोडीले सबैभन्दा बढी समय (करिब आधा घन्टा) लिएका थिए । भेटेर निस्किएपश्चात खरेलले सभापतिले उम्मेदवारका विषयमा कुनै पनि संकेत नगरेको खरेलले बताए ।

एक आकांक्षीका अनुसार रविलाई राखिएको कोठाको ढोका आज खुल्ला छोडिएको थियो र उनीहरूले बसेरै आरामसँग कुराकानी गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org