सभापतीलाई भेट्न पुगे रूपन्देही-३ का रास्वपा उम्मेदवारका ९ आकांक्षी !
काठमाडौं । आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा भएको रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न चाहेका आकांक्षीहरूले आज सभापति रवि लामिछानेलाई कारागारमा गएर भेट गरिरहेका छन् ।
भेटघाटका लागि उपलब्ध गराइने नियमित समयमा उनीहरूले सभापति रवि लामिछानेलाई भेटेका हुन् । कारागारमा हरेक दिन ११ बजेदेखि ३ बजेसम्म थुनुवाहरूलाई भेट्न पाइन्छ ।
उक्त निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चाहेका ९ जना आकांक्षीहरू रहेका छन् । उनिहरुले आज ११ बजे नै कारागार पुगेका थिए । त्यसपछि उनीहरूले एकपटकमा दुईजना गरी आलोपालो गरी भेटेका हुन् ।
स्रोतका अनुसार प्रत्येकले करिब १० मिनेट कुराकानी गरेका छन् । सुलभ खरेल र पार्थिबेन्द्र उपाध्यायको जोडीले सबैभन्दा बढी समय (करिब आधा घन्टा) लिएका थिए । भेटेर निस्किएपश्चात खरेलले सभापतिले उम्मेदवारका विषयमा कुनै पनि संकेत नगरेको खरेलले बताए ।
एक आकांक्षीका अनुसार रविलाई राखिएको कोठाको ढोका आज खुल्ला छोडिएको थियो र उनीहरूले बसेरै आरामसँग कुराकानी गरेका थिए ।
Comments
अरु समाचार
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...












