ताजा समाचार

बख्तरबन्द रेलमार्फत चीन पुगे कोरियाली नेता किम

काठमाडौं । फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको प्रतिरोधी युद्ध विजयको वार्षिकोत्सव अवसरमा चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी हुन् उत्तर कोरियाका नेता किम जोङ उन मंगलबार बिहान चीन पुगेका छन्।

सोमबार प्योङयाङबाट हिँडेका किम चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीनमा प्रवेश गरेको उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिन्मुनले जनाएको छ।

हवाइजहाजमा यात्रा गर्दा शत्रुहरूले आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङ पनि रेलमा यात्रा गर्थे। त्यही परम्परालाई निरन्तरता दिंदै किम जोङ उन पनि सुविधा सम्पन्न विशेष रेलमा यात्रा गर्दै चीन भ्रमणमा आएका हुन् ।

किम बुधबार बेजिङमा हुने सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत विभिन्न देशका राष्ट्र र सरकारप्रमुख सहित सहभागी हुनेछन्।

सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सो परेडमा सहभागी हुनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org