बख्तरबन्द रेलमार्फत चीन पुगे कोरियाली नेता किम
काठमाडौं । फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको प्रतिरोधी युद्ध विजयको वार्षिकोत्सव अवसरमा चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी हुन् उत्तर कोरियाका नेता किम जोङ उन मंगलबार बिहान चीन पुगेका छन्।
सोमबार प्योङयाङबाट हिँडेका किम चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीनमा प्रवेश गरेको उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिन्मुनले जनाएको छ।
हवाइजहाजमा यात्रा गर्दा शत्रुहरूले आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङ पनि रेलमा यात्रा गर्थे। त्यही परम्परालाई निरन्तरता दिंदै किम जोङ उन पनि सुविधा सम्पन्न विशेष रेलमा यात्रा गर्दै चीन भ्रमणमा आएका हुन् ।
किम बुधबार बेजिङमा हुने सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत विभिन्न देशका राष्ट्र र सरकारप्रमुख सहित सहभागी हुनेछन्।
सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सो परेडमा सहभागी हुनेछन्।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढ्न प्रधानमन्त्री बालेनको अपिल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् । शुक्रबार सामाजिक...
-
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्...
-
रसुवा बाढीपछि उद्धार, राहत र पूर्वाधार पुनःस्थापनामा तीव्रता : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको...
-
मन्त्रिपरिषद् बैठकका मुख्य सात निर्णयहरू यी हुन्
काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।...
-
जेनजी शहीदको सम्झनामा भदौ २३ गते देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जेनजी शहीद’...












