ताजा समाचार

संविधानसम्मत अन्तरिम सरकार र संविधान संशाेधनको मार्फत रुपान्तरण हुनुपर्छ: प्रकाश रिजाल !

 

काठमाडौं । नेपालमा जारी दुईदिने जेनजि आन्दोलनले सरकार ढलेसँगै नयाँ सरकारकाे नेतृत्वका कसकाे नेतृत्व हुने विषय बढ्दाे बहसका बिच युवा नेता प्रकाश रिजालले आन्दोलनको मागप्रति संवेदनशील हुँदै संवैधानिक बाटोमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

रिजालका अनुसार वर्तमान राजनीतिक संकट समाधानका लागि संविधानसम्मत सर्वदलीय अन्तरिम सरकार गठन हुनु आवश्यक छ। यस्तो अन्तरिम सरकारमा जेनजि पुस्ताका प्रतिनिधिहरूलाई समेत समावेश गरिनुपर्ने उनले बताएका छन्।

“देशको शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता भएमा संविधान संशोधनमार्फत सम्भव छ,” रिजालले भने, “तर संविधान खारेज गर्ने वा विद्यमान व्यवस्थाविरुद्ध जाने कार्य स्वीकार्य हुँदैन।”

हालैका दिनमा काठमाडौंका विभिन्न स्थानमा युवा पुस्ताले सक्रिय रुपमा प्रदर्शन गर्दै आएका छन्। उनीहरू राजनीतिक संरचनामा परिवर्तन, उत्तरदायी नेतृत्व र नयाँ पुस्ताको प्रत्यक्ष सहभागिताका लागि सडकमा उत्रिएका हुन्।

रिजालकाे भनाइ अनुसार, जेनजि आन्दोलनलाई सकारात्मक रूपमा लिएर संविधानिक र राजनीतिक संयोजनमार्फत समाधान खोज्ने हो भने देश स्थिरतासहित अगाडि बढ्न सक्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org