संविधानसम्मत अन्तरिम सरकार र संविधान संशाेधनको मार्फत रुपान्तरण हुनुपर्छ: प्रकाश रिजाल !
काठमाडौं । नेपालमा जारी दुईदिने जेनजि आन्दोलनले सरकार ढलेसँगै नयाँ सरकारकाे नेतृत्वका कसकाे नेतृत्व हुने विषय बढ्दाे बहसका बिच युवा नेता प्रकाश रिजालले आन्दोलनको मागप्रति संवेदनशील हुँदै संवैधानिक बाटोमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
रिजालका अनुसार वर्तमान राजनीतिक संकट समाधानका लागि संविधानसम्मत सर्वदलीय अन्तरिम सरकार गठन हुनु आवश्यक छ। यस्तो अन्तरिम सरकारमा जेनजि पुस्ताका प्रतिनिधिहरूलाई समेत समावेश गरिनुपर्ने उनले बताएका छन्।
“देशको शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता भएमा संविधान संशोधनमार्फत सम्भव छ,” रिजालले भने, “तर संविधान खारेज गर्ने वा विद्यमान व्यवस्थाविरुद्ध जाने कार्य स्वीकार्य हुँदैन।”
हालैका दिनमा काठमाडौंका विभिन्न स्थानमा युवा पुस्ताले सक्रिय रुपमा प्रदर्शन गर्दै आएका छन्। उनीहरू राजनीतिक संरचनामा परिवर्तन, उत्तरदायी नेतृत्व र नयाँ पुस्ताको प्रत्यक्ष सहभागिताका लागि सडकमा उत्रिएका हुन्।
रिजालकाे भनाइ अनुसार, जेनजि आन्दोलनलाई सकारात्मक रूपमा लिएर संविधानिक र राजनीतिक संयोजनमार्फत समाधान खोज्ने हो भने देश स्थिरतासहित अगाडि बढ्न सक्छ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












