जेनजी आन्दोलनमा बाँकेमा ४५ सरकारी कार्यालयसहित व्यापक क्षति
काठमाडाैं । ‘जेनजी’ आन्दोलनका क्रममा बाँके जिल्लामा ४५ सरकारी कार्यालय, चार स्थानीय तहका कार्यालय, दुई राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको छ। यसबाट करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
सबैभन्दा बढी क्षति नेपालगन्ज क्षेत्रमा भएको छ, जहाँ १४ सरकारी कार्यालय र दुई पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। कोहलपुर क्षेत्रमा १२ सरकारी कार्यालय, नगरपालिका र वडा कार्यालयमा क्षति पुगेको छ। कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यको घरमा समेत आगजनी गरिएको थियो भने उपमेयर संगीता सुवेदी र वडा अध्यक्ष कल्पना शर्माको घरमा तोडफोड भएको छ।
नरैनापुर गाउँपालिकाको कार्यालय पूर्णरूपमा ध्वस्त बनेको छ। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन्।
भूमि सुधार तथा मालपोत कार्यालय, नापी, भन्सार, राजस्व, न्यायालयलगायतका प्रमुख सरकारी संरचना जलेका वा तोडफोड भएका छन्। नेपालगन्जमा सुरक्षासम्बन्धी संरचना र सालिक पनि तोडफोड गरिएको छ।
आन्दोलनका क्रममा बाँकेमा दुईजनाले ज्यान गुमाएका छन्।
१. नेपालगन्ज उपमहानगरपालिका
२. आन्तरिक राजस्व कार्यालय नेपालगन्ज
३. बाँके जिल्ला अदालत
४. उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास
५. भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज
६. नापी कार्यालय नेपालगन्ज
७. यातायात व्यवस्था कार्यालय नेपालगन्ज
८. नेपालगन्ज भन्सार कार्यालय
९. इलाका प्रहरी कार्यालय जयसपुर
१०. जिल्ला प्रशासन कार्यालय बाँके
११. कृषि ज्ञान केन्द्र
१२. जिल्ला हुलाक कार्यालय
१३. जमुनाहा हेल्थ डेस्क
१४. ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज
१५. नरैनापुर गाउँपालिकाको कार्यालय
१६. नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय
१७. नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय
१८. डुडुवा गाउँ कार्यपालिकाको कार्यालय
आगजनी गरिएका पार्टी कार्यालयहरू
१९. नेपाली काँग्रेस बाँकेको कार्यालय
२०.नेकपा एमाले बाँकेको कार्यालय
कोहलपुर क्षेत्रमा आगजनी भएका संरचना
२१. कोहलपुर नगर कार्यपालिकाको कार्यालय
२२. आन्तरिक राजस्व कार्यालय कोहलपुर
२३. कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यको निजी घर
२४. कोहलपुर वडा नम्बर ८ को कार्यालय
२५. कोहलपुर वडा नम्बर ९ को कार्यालय
२६. कोहलपुर वडा नम्बर ११ को कार्यालय
२७. कोहलपुर वडा नम्बर १४ को कार्यालय
२८. इलाका प्रशासन कार्यालय कोहलपुर
२९. कोहलपुर नगर विकास समितिको कार्यालय
३०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर
३१. कोहलपुर नगरपालिका रोजगार शाखा
३२. नगरस्तरीय युवा सञ्जाल कोहलपुर
तोडफोड भएका संरचना (नेपालगन्ज)
३३. पुस्पलाल चोक
३४. गणेशमान चोक
३५. वीपी चोक
३६. सेतु विक चोक
तोडफोड भएका संरचना (कोहलपुर)
३७. कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीको घर
३८. कोहलपुर–११ की वडाध्यक्ष कल्पना शर्माको घर
३९. मालपोत कार्यालय कोहलपुर
४०. नापी कार्यालय कोहलपुर
४१. यातायात व्यवस्था कार्यालय कोहलपुर
४२. नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र
कोहलपुरका पार्टी कार्यालयहरू
४३. नेकपा (माओवादी केन्द्र) नगर समितिको कार्यालय कोहलपुर
४४. नेपाल कम्युनिष्ट पार्टी ‐एमाले) नगर समिति कोहलपुर
४५. नेपाली काँग्रेस क्षेत्र नम्बर १ को कार्यालय कोहलपुर
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












