जेनजी आन्दोलनमा बाँकेमा ४५ सरकारी कार्यालयसहित व्यापक क्षति
काठमाडाैं । ‘जेनजी’ आन्दोलनका क्रममा बाँके जिल्लामा ४५ सरकारी कार्यालय, चार स्थानीय तहका कार्यालय, दुई राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको छ। यसबाट करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
सबैभन्दा बढी क्षति नेपालगन्ज क्षेत्रमा भएको छ, जहाँ १४ सरकारी कार्यालय र दुई पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। कोहलपुर क्षेत्रमा १२ सरकारी कार्यालय, नगरपालिका र वडा कार्यालयमा क्षति पुगेको छ। कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यको घरमा समेत आगजनी गरिएको थियो भने उपमेयर संगीता सुवेदी र वडा अध्यक्ष कल्पना शर्माको घरमा तोडफोड भएको छ।
नरैनापुर गाउँपालिकाको कार्यालय पूर्णरूपमा ध्वस्त बनेको छ। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन्।
भूमि सुधार तथा मालपोत कार्यालय, नापी, भन्सार, राजस्व, न्यायालयलगायतका प्रमुख सरकारी संरचना जलेका वा तोडफोड भएका छन्। नेपालगन्जमा सुरक्षासम्बन्धी संरचना र सालिक पनि तोडफोड गरिएको छ।
आन्दोलनका क्रममा बाँकेमा दुईजनाले ज्यान गुमाएका छन्।
१. नेपालगन्ज उपमहानगरपालिका
२. आन्तरिक राजस्व कार्यालय नेपालगन्ज
३. बाँके जिल्ला अदालत
४. उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास
५. भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज
६. नापी कार्यालय नेपालगन्ज
७. यातायात व्यवस्था कार्यालय नेपालगन्ज
८. नेपालगन्ज भन्सार कार्यालय
९. इलाका प्रहरी कार्यालय जयसपुर
१०. जिल्ला प्रशासन कार्यालय बाँके
११. कृषि ज्ञान केन्द्र
१२. जिल्ला हुलाक कार्यालय
१३. जमुनाहा हेल्थ डेस्क
१४. ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज
१५. नरैनापुर गाउँपालिकाको कार्यालय
१६. नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय
१७. नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय
१८. डुडुवा गाउँ कार्यपालिकाको कार्यालय
आगजनी गरिएका पार्टी कार्यालयहरू
१९. नेपाली काँग्रेस बाँकेको कार्यालय
२०.नेकपा एमाले बाँकेको कार्यालय
कोहलपुर क्षेत्रमा आगजनी भएका संरचना
२१. कोहलपुर नगर कार्यपालिकाको कार्यालय
२२. आन्तरिक राजस्व कार्यालय कोहलपुर
२३. कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यको निजी घर
२४. कोहलपुर वडा नम्बर ८ को कार्यालय
२५. कोहलपुर वडा नम्बर ९ को कार्यालय
२६. कोहलपुर वडा नम्बर ११ को कार्यालय
२७. कोहलपुर वडा नम्बर १४ को कार्यालय
२८. इलाका प्रशासन कार्यालय कोहलपुर
२९. कोहलपुर नगर विकास समितिको कार्यालय
३०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर
३१. कोहलपुर नगरपालिका रोजगार शाखा
३२. नगरस्तरीय युवा सञ्जाल कोहलपुर
तोडफोड भएका संरचना (नेपालगन्ज)
३३. पुस्पलाल चोक
३४. गणेशमान चोक
३५. वीपी चोक
३६. सेतु विक चोक
तोडफोड भएका संरचना (कोहलपुर)
३७. कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीको घर
३८. कोहलपुर–११ की वडाध्यक्ष कल्पना शर्माको घर
३९. मालपोत कार्यालय कोहलपुर
४०. नापी कार्यालय कोहलपुर
४१. यातायात व्यवस्था कार्यालय कोहलपुर
४२. नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र
कोहलपुरका पार्टी कार्यालयहरू
४३. नेकपा (माओवादी केन्द्र) नगर समितिको कार्यालय कोहलपुर
४४. नेपाल कम्युनिष्ट पार्टी ‐एमाले) नगर समिति कोहलपुर
४५. नेपाली काँग्रेस क्षेत्र नम्बर १ को कार्यालय कोहलपुर
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











