ताजा समाचार

नेपाल इरानसँग पराजित, दाेस्राे खेल कार्तिक १० गते खेल्ने !

काठमाडौं । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० गोल अन्तरले पराजित भएको छ।

भारतको सिलोङस्थित जवारलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपाललाई हराउँदै इरान लगातार दुई खेलमा जितसहित प्रतियोगिताको उपाधि जितेको छ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफको सुरुवातमा नै नेपालले ३ गोल बेहोर्‍यो। खेलको ४९ औँ मिनेटमा इरानकी साराले बिमल नेपालको डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बिट गर्दै गोल गरिन्। इरानकी गोलकिपरले फालेको लङ बललाई गोलमा परिणत गरेकी हुन्।

खेलको ५२ औँ मिनेटमा इरानले दोस्रो गोल गर्‍यो। इरानका लागि कप्तान जेहरा गाबारीले डिबक्स बाहिर पाएको फ्री किकलाई दोस्रो बारमा गोल गरेकी हुन्। खेलको ५७ औँ मिनेटमा नेपालले तेस्रो गोल बेहोर्‍यो। इरानको लागि जर्सी नम्बर ८ कि सबनामले इरानको लागि तेस्रो गोल गरिन्।

फिफा वरीयतामा इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छ । यसअघि नेपाल र इरानको महिला टोलीबीच एक पटक मात्र खेल भएको छ । ६ वर्ष अगाडि नेपाल र इरानले २०१९ मा खेलेका थिए। जसमा नेपाल ३–० ले विजयी भएको थियो। आज त्यसको ठिक विपरीत भएको छ।

इरानले यस मैत्रीपूर्ण खेलको पहिलो खेलमा आयोजक भारतलाई २–० ले पराजित गरिसकेको छ। नेपालले दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० मा खेल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org