नेपाल इरानसँग पराजित, दाेस्राे खेल कार्तिक १० गते खेल्ने !
काठमाडौं । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० गोल अन्तरले पराजित भएको छ।
भारतको सिलोङस्थित जवारलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपाललाई हराउँदै इरान लगातार दुई खेलमा जितसहित प्रतियोगिताको उपाधि जितेको छ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफको सुरुवातमा नै नेपालले ३ गोल बेहोर्यो। खेलको ४९ औँ मिनेटमा इरानकी साराले बिमल नेपालको डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बिट गर्दै गोल गरिन्। इरानकी गोलकिपरले फालेको लङ बललाई गोलमा परिणत गरेकी हुन्।
खेलको ५२ औँ मिनेटमा इरानले दोस्रो गोल गर्यो। इरानका लागि कप्तान जेहरा गाबारीले डिबक्स बाहिर पाएको फ्री किकलाई दोस्रो बारमा गोल गरेकी हुन्। खेलको ५७ औँ मिनेटमा नेपालले तेस्रो गोल बेहोर्यो। इरानको लागि जर्सी नम्बर ८ कि सबनामले इरानको लागि तेस्रो गोल गरिन्।
फिफा वरीयतामा इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छ । यसअघि नेपाल र इरानको महिला टोलीबीच एक पटक मात्र खेल भएको छ । ६ वर्ष अगाडि नेपाल र इरानले २०१९ मा खेलेका थिए। जसमा नेपाल ३–० ले विजयी भएको थियो। आज त्यसको ठिक विपरीत भएको छ।
इरानले यस मैत्रीपूर्ण खेलको पहिलो खेलमा आयोजक भारतलाई २–० ले पराजित गरिसकेको छ। नेपालले दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० मा खेल्नेछ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












